प्रदेश -१ का मुख्यमन्त्री राईले दिए राजीनामा, एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन

प्रदेश -१ का मुख्यमन्त्री राईले दिए राजीनामा, एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन

१० भदौ, काठमाडौँ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । बिहीबार बिहान राईले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

त्यस्तै, राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै राटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको छ । आज नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

माधवकुमार नेपाल निकट रहेका आचार्य (एकीकृत समाजवादी)मा जाने सम्भावना भएपछि मुख्यमन्त्रीको अफर गरिएको बुझिएको छ । आचार्यले पनि नेकपाका सांसदलाई मन्त्री बनाउने आश्वासन दिँदै एमालेमै रोक्ने प्रयास जारी राखेका छन् ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग ५१ सांसद रहेका थिए । सभामुखसमेत एमालेकै रहेको र एक सांसद अदालतले दोषी ठहर गरेपछि फरार छन् । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.