समझदारी भएअनुसार काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छ : कम्युनिष्ट नेता चौलागाईं

२५ असार ७५, मंगलबार

काठमाडौँ, असार २६

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताएका छन्।

अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा उनले यस व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन श्रमिकलाई सम्झौता अनुसारको कार्य नगर्ने कम्पनीलाई सरकारले दण्डित गर्नुपर्ने बताए ।

Advertisement

कीर्तिमानी आरोही आङकामी शेर्पाले वैदेशिक रोजगारमा गएर ठगिएका पीडितलाई निरन्तर सहयोग दिने उद्देश्यका साथ स्थापित उक्त संस्थासँग आफूले सहकार्य गर्ने बताए ।

संघका अध्यक्ष दीपक राउत क्षेत्रीले विदेशमा रहेका नेपाली श्रमिक कुनै पनि रुपमा ठगिएर आफ्नो संस्थामा उजुरी आए उनीहरुलाई न्याय दिन आफूहरु क्रियाशील रहेको बताए । उक्त कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका पनि विमोचन गरिएको थियो ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top