काठमाडौँमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाईंदै

१० भदौ ७८, शुक्रबार

११ भदाै, काठमाडौं।

Advertisement

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि ३ दिनसम्म काठमाडौँ उपत्यकामा लगाईंदैछ ।

भेरोसेलको पहिलो मात्रा लगाएकालाई तीन दिन दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

Advertisement

भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका विदेशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top