भारतसँगको तेस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा इङ्ग्ल्यान्डलाई फराकिलो अग्रता

१० भदौ ७८, शुक्रबार

११ भदौ, काठमाडौं ।

कप्तान जोए रुटको १ सय २१ रनको शतकीय पारीसँगै घरेलु टिम इङ्ग्ल्यान्डले भारतसँगको तेस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा फराकिलो अग्रता बनाएको छ । लिड्समा दोस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले ३ सय ४५ रनको अग्रता बनाएको छ ।

इङ्ग्ल्यान्ड ८ विकेट गुमाएर ४ सय २३ रन बनायो । इङ्ग्ल्यान्डका कप्तान रुटले १ सय २१ रन बनाउँदा डेबिड मालनले ७० रनको अर्धशतकीय पारी खेले भने हासिब हामिदले ६८ रन बनाए । यस्तै, रोरी बुर्न्सले ६१, जोनी बेयर्स्टोले २९, क्रेग ओभर्टन २४ बनाए ।

भारतका मोहमद शामीले ३ विकेट लिए भने मोहमद सिराज र रविन्द्र जडेजाले दुई÷दुई विकेट लिए । यसअघि पहिलो पारीमा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । भारतका रोहित शर्माले १९ र अन्जिका रहानेले १८ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । इङ्ग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले तीन÷तीन विकेट लिए भने साम कुरान र ओई रोबिन्सनले दुई÷दुई विकेट लिए ।

पाँच खेलको श्रृङ्खलामा भारत १–० ले अघि छ । पहिलो टेस्ट क्रिकेट भने वर्षाको कारण बराबरीमा सकिएको थियो । दोस्रो टेस्ट क्रिकेटमा भारत १ सय ५१ रनले विजयी भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top