पाटनमा आज नरसिंह जात्रा मनाइँदै

१० भदौ ७८, शुक्रबार

११ भदौ, ललितपुर ।

काठमाडौँ उपत्यकाका तीन सहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटन नगरीमा आज नरसिंह जात्रा मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका अवसरमा उपत्यकाका आदिवासी ब्राह्मणका रूपमा परिचित देव ब्राह्मण समुदायले पाटनमा सो जात्रा गर्ने परम्परा रहँदै आएको छ ।

ललितपुर महानगपालिका–२० गाबहाल निवासी वलानिम्ह गुठीका ७९ वर्षीय कोमलेशानन्द राजोपाध्यायको घरबाट यस वर्ष नरसिंह जात्रा निकालिने राजोपाध्याय समाजका अध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले बताए ।

उनले भने, “यस वडाका साथै वडा नं १६ मङ्गलबजार र वडा नं १९ पूर्णचण्डीमा रहेका कूल १२० राजोपाध्याय परिवार ज्येष्ठताका आधारमा जात्रा निकाल्ने गर्छौँ, पालोवालाको ज्वाइँ तथा भान्जा वा पुरोहितलाई शान्त स्वभावका नरसिंह बनाएर पाटनको प्राचीन नगर परिक्रमा गराइन्छ ।”

सो जात्रामा नगर परिक्रमा गर्दा मुलुकमा आइपर्ने अनेकौँ आपत्ति, रोगव्याधी, डर, त्रास, आँधीहुरी र प्रकोप आदि नास भएर जाने मान्यता रहेको शर्माले जानकारी गराए ।

राजोपाध्याय परिवारका छ कुलमध्ये एकको वंश वृद्धि हुन नसकेकाकाले हाल सो गुठीसहित अन्य चार नेवार ब्राह्मण बकनिम्ह, स्वनिम्ह, मण्डिछें र तधँलीवीले नरसिंह जात्राको परम्परा धान्दै आएका अध्यक्ष राजोपाध्यायको भनाइ छ ।

“यस जात्रामा अगाडि लाखेनाच त्यसपछि धिमेबाजासँगै भजन टोली, परम्परागत पोशाकमा सजिएका कम्तीमा छ जोडी अप्सरा कन्या, अगाडि नमस्कार मुद्रामा हातमा बालेको धुप बोकेर पछाडिबाट हिँड्ने प्रल्हाद तथा त्यस पछाडि दायाँ लक्ष्मी अनि बायाँ सरस्वतीका बीचमा नरसिंहसहित पालोवालाको परिवारले गाबहाल, पिम्बहाल, नकबहिल, कुम्भेश्वर, मङ्गलबजार, सुन्धारा, टङ्गाल र पूर्णचण्डीको मार्ग परिक्रमा गर्नेछन्”, उनले भने “यस जात्रामार्फत धार्मिक सहिष्णुता कायम अनि आपसी भाइचाराको सम्बन्ध स्थापना हुनुका साथै समाजमा सकारात्मक सन्देशसमेत फैलाउने गरिन्छ ।”

सो जात्रामा भाग लिने अप्सरा कोहीले सडकमा दूध, अबिरसहित लाभा, कुचोले भुइँ बढार्ने, चमरपङ्खा हल्लाउने, राजदण्ड समाउने, नरसिंह सवार हुने सडकमा सेतो कपडा ओछ्याउने आदि काम गर्ने नरसिंह जात्रा व्यवस्थापन समितिका अध्यक्ष भूषणनाथ शर्माले बताए ।

उनले भने, “यस जात्राको सुरुआत कहिलेबाट भयो भन्ने यकिन जानकारी नभए पनि पाटनका राजा सिद्धिनरसिंह मल्लले लोककल्याणका साथै जनकल्याणका लागि कात्तिक नाच सँगसँगै यस जात्रासमेत चलाएका हुन् ।” सो जात्रामार्फत विश्वको शान्तिको कामना गरिने शर्माले जानकारी गराए ।

सो जात्राको अघिल्लो दिन नरसिंह बन्ने मानिस शुद्ध भएर जात्रा समाप्त नभएसम्म निराहार बस्नुपर्ने हुन्छ । नरसिंह जात्रा सुरु हुनुअघि तथा समाप्तिपछि पालोवालाको घरमा विधिपूर्वक तन्त्रोत्क पूजा गर्ने चलन रहेको शर्माको भनाइ छ ।

नरसिंह जात्रा सञ्चालनमा थुप्रै रकम खर्च हुने भएकाले दुई वर्षअघि मात्रै नेपाल पर्यटन बोर्डले रु १० लाख अक्षयकोष स्थापना गर्न दिएको अध्यक्ष राजोपाध्यायले जानकारी गराए । “जात्रा चलाउने उपाकर्म गुठीले आफ्नो छुट्टै कोष स्थापना गरे पनि आर्थिक व्यवस्थापनमा सधैँ हम्मेहम्मे पर्ने गर्छ”, उनले भने ।

जात्राका बेला नगर परिक्रमा गर्दा नरसिंह बन्ने व्यक्तिको जीउमा कपडा बाँधी दुई सेतो कपडाको पुतली बनाएर लतार्दै हिँड्ने चलन छ । सो पुतलीलाई मधु कैटव दानवका रूपमा निर्माण गरी घिसार्दै दण्ड दिएको मानिन्छ । सो घिसार्दै हिँडेको पुतलीलाई यदि कुनै बालकले नाघेमा रुन्चे हट्ने जनविश्वाससमेत रहेको छ ।

नरसिंह जात्रामा विष्णुका साथै शक्तिको पनि आरधना गर्ने गरिन्छ । नरसिंह जात्रा मनाउनुअघि श्रीधर नारायणको जात्रा हुने गरेको थियो । सो समय नारायणको जात्रा गर्दा केही समूहबाट आक्रमण भएर रोकिएको पाटनवासीको भनाइ छ ।

नरसिंहलाई प्राकृतिक प्रकोप वा सङ्कट मोचनका रूपमा लिइने हुँदा कात्तिक नाचको क्रममा निस्कनेलाई उग्ररूप मानिनुका साथै आज जात्रा हुनेलाई शान्त स्वभावका नरसिंह मानिन्छ ।

धार्मिक अनि सांस्कृतिक महत्व बोकेको नरसिंह जात्रा यदि कुनै गर्भवती महिलाले हेरेमा सोको गर्भ तुइने जनविश्वास रहेको अध्यक्ष राजोपाध्यायले सुनाए ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top