महोत्तरीको रातुखोलाको तटबन्ध भत्कियो : ९ सय घर डुबानमा

११ भदाै, महोत्तरी ।

लगातारको वर्षाको कारण महोत्तरीको बलवा नगरपालिका ४ स्थित रातुखोलाको तटबन्ध भत्किएपछि सयौँ घर डुबानमा परेका छन् । तटबन्ध ४ स्थानमा भत्किएसँगै बाढी गाउँमा प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तटबन्ध भत्किएर बाढी गाउँमा पस्दा करिब ९ सय घरहरू प्रभावित बनेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढीले विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको छ ।

प्रभावित स्थानमा स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको डिएसपी प्रकाश बिष्टले जानकारी दिए। । वडा नं. ११ रौजामा समेत तटबन्ध कटान गर्दा रौजा मजार लगायत बस्तीमा समेत पानी पसिरहेको स्थानीयहरूले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा अन्य सुरक्षा निकायको टोली पठाउन लागिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

बलबा-४ स्थित तिलगढमा स्थानीय, जनप्रतिनिधि, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको र सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top