पूर्वी नवलपरासीमा पहिरो: एकै घरका तीन जना बेपत्ता, एक जना घाइते

११ भदौ, नवलपरासी ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् ।

अविरल वर्षाका कारण चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

हर्कबहादुर पुलामीको भने गम्भीर अवस्थामा उद्धार गरिएको उनले बताइन् । पाण्डेका अनुसार घाइते हस्तबहादुरलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको छ।

गएरातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले पुलामी घर पुरिएको छ । पहिरोका कारण त्यही ठाउँका पदमबहादुर पुलामीको घरमा समेत क्षति पु¥याएको वडा अध्यक्ष थापाले बताए । अविरल वर्षाका कारण माथिल्लो चार घरेका १७ घर परिवार पहिरोको जोखिममा परेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top