आयोगले संसद् सचिवालयमा पठायो एकीकृत समाजवादी र लोसपा दर्ताको पत्र

आयोगले संसद् सचिवालयमा पठायो एकीकृत समाजवादी र लोसपा दर्ताको पत्र

११ भदाै, काठमाडौँ ।

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएको छ । आयोगले शुक्रबार संसद सचिवालयलाई पत्र पठाएको हाे ।

निर्वाचन आयोगको पत्र सचिवालयमा आएपछि अब संसदभित्र पनि नेकपा (एकीकृत समाजवादी) र लोसपाले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गर्नेछन् । अब एकीकृत समाजवादी र लोसपा संसदको चौथो र छैटौं ठूलो दल हुनेछन् ।

बुधबार निर्वाचन आयोगमा सनाखत गरेपछि दुवै दलले मान्यता पाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.