नारायणगढ–मुग्लिनः सडक भासिए पनि यातायात अवरोध छैन

११ भदौ ७८, शुक्रबार
Share this
751shares

११ भदाै, चितवन।

Advertisement

नारायणगढ–मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन । सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझँै सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ । सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उनले जानकारी दिए । दुई मिटर गहिराइसम्म सडक भासिएको छ । खनालले भने, “सो ठाउँमा सडक १३÷१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन ।” भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उनको भनाइ छ ।

Advertisement

सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिए । सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको उनले बताए । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा छ । नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बाहिर सञ्चारमाध्यममा आएजस्तो सडक बन्द नरहेको प्रस्ट पारे । उनका अनुसार सडक भासिएको ठाउँमा यातायात अवरुद्ध भएको छैन । वर्षासँगै एकाएक सो ठाउँमा सडक भासिएको हो । बिहीबारदेखि यो सडक भासिन सुरु भएको र आज पनि थप भासिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top