×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे

११ भाद्र २०७८

११ भदाै, बेनी ।

म्याग्दीको रघुगंगा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे।

Advertisement
Advertisement

युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन्।

युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र संघर्षयुक्त पेसा भए पनि आफ्नै जन्मथलोको सम्भावनालाई सम्हाल्न पुगेका हुन्।

‘वर्षौं विदेशमा बसें, आम्दानी सन्तोषजनक नै थियो, तर घरपरिवार सबैबाट टाढा सधैंभरि भइरहन मन लागेन, विकसित मुलुकको जीवनशैलीमा घुलमिल भए पनि त्यसलाई त्यागेर जंगलको गोठको दैनिकीलाई रोजेको हुँ’, उनले भने।

भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरू गरेका छन्त्यालको फार्ममा अहिले २५० बढी भेडाबाख्रा छन्।

घरमा पुर्ख्यौली रूपमा हुँदै आएको निर्वाहमुखी भेडाबाख्रापालनमा करिब रु सात लाख बढी लगानी थपेर भेडाबाख्राको सङ्ख्या बढाएको छन्त्यालले बताए।

पाँच वर्षदेखि भेडापालन गर्दै आएका उनले वनजङ्गलमा घुम्ती गोठ राख्दै आएका छन्। भेडापालनबाट सन्तोषजनक आम्दानी हुने बताउने उनले उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको अनुभव सुनाए।

उनका अनुसार, भेडा, खसी, साँढे, बोका खरिदका लागि ग्राहक गोठमा नै पुग्ने गरेका छन्। प्रवासबाट गाउँ फर्किएपछि गोठालो दैनिकीमा पसेका छन्त्यालले आफ्नै ठाउँमा स्वरोजगार बन्न पाउँदा खुसीको महसुस हुने गरेको बताए।

‘स्वदेशमा रहँदा यहाँका सम्भावनालाई ख्यालै गरिएन, बाउबाजेले सम्हालेका गोठबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने अठोट लिएर विदेशको फन्को मारेर गोठमा फर्किएको हुँ, विकसित मुलुकको जीवनशैलीबाट अनकन्टार जङ्गलका यात्रा पक्कै कठिन थिए, तर आजभोलि सामान्य लाग्छ’, उनले भने।

पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी गरेका छन्।

रोजगारको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्किएका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरू गरेका थिए।

भेडापालन थालेको पाँच वर्षमा उनको गोठमा भेडाको सङ्ख्या २५० नाघेको छ। हरेक वर्ष आठदेखि १० लाखसम्मका भेडा गोठबाट बिक्री हुँदै आएका छन्। एक सयको हाराहारीमा वार्षिकरूपमा भेडा गोठमा थपिन्छन्।

‘स्वदेश फर्किएपछि आफ्नै ठाउँमा स्वरोजगार बन्न अभिप्रायले भेडापालन थालेको हुँ, अनकन्टार जङ्गल र हिमालका काखसम्म गोठ लैजाने गर्छौं, सोचेजस्तो सजिलो त छैन भेडीगोठ तर आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने र रोजगारसमेत सिर्जना हुने पेसा अगाल्न पाएकामा सन्तुष्ट छु’, गर्बुजाले भने।

यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ।

घुम्ती भेडीगोठमा बस्नेका लागि सञ्चारको पहुँचभन्दा टाढा, वनजङ्गल र भिरपहराको दैनिकी निकै कष्टकर र सङ्घर्षमय हुन्छ। खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि सबै समय गोठमै व्यथित गर्नुपर्छ। गोठको दैनिकी सामान्य जीवनशैलीभन्दा भिन्न हुन्छ।

यस्तै भिन्न जीवनशैलीमा घुलमिल भएको छ, ४२ वर्षीय जगत पुनको दैनिकी पनि। रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका पुनले पनि विदेशको हण्डर खाएपछि गोठाला जीवन सुरू गरेका हुन्।

मलेसिया र कतारको आठ वर्ष लामो वैदेशिक रोजगारबाट रित्तो हात घर फर्केका पुनले आफ्ना दाजुको सहयोगमा ३० वटा भेडा खरिद गरेर भेडापालन थालेका थिए।

‘अरुको देशमा धेरै पसिना बगाए, भनेजस्तो कमाइ भएन, घर फर्कंदा मसँग केही थिएन, आफ्नो पाखाबारीमा पसिना बगाउने निधो गरी रित्तो हात नै आएको हुँ, अहिले मसँगै १७० वटा भेडा छन्, विदेशको हण्डरभन्दा यहाँ जङ्गल र भिर पहाडमा घुम्ती गोठको सङ्घर्षमा आनन्दित छु’, पुनले भने।

उनले अहिले भेडापालनबाटै परिवारको जीविकोपार्जन गर्छन्। सात वर्षदेखि भेडापालन गर्दै आएका उनले भेडापालनबाट भएको आम्दानीलाई समेत भेडाबाख्राको सङ्ख्या बढाउन लगानी गर्दै आएका छन्।

उत्पादन भएका भेडाबाख्रा बिक्रीका लागि बजार खोज्दै जानुपर्ने झण्झट छैन उनलाई। भेडा, बाख्रा खरिदका लागि उपभोक्ता गोठमै पुग्छन्। चाडपर्वको समय र थानमा भाकल चढाउने समयमा गोठमा रहेका भेडाबाख्रा, बोका र साँढको खरिदका लागि उपभोक्ता गोठमै उक्लने गरेको पुनको भनाइ छ।

‘सहरको जस्तो सुखसयल त यहाँ छैन, तर आफ्नै ठाउँमा ढिडो र फाँडो खान किन नपरोस्, खुला आकासमुनि बस्न किन नपरोस्, विदेशमाभन्दा यही नै खुसी छु, पौरखका लागि पसिना बगाएको छु’, उनले भने।

पुनका बाजेको पुस्ताले पनि भेडापालन गरेका थिए। बुवाको पालामा छाडेको भेडापालनलाई पुनःसुरू गरेका पुनलाई उनका घरपरिवारले राम्रो साथ र सहयोग दिएका छन्।

Advertisement

छोराछोरी र श्रीमतीले गोठमा आलोपालो गरेरै भए पनि एक्लो हुन नदिएको पुनको भनाइ छ। गर्मी याममा हिमालको फेदीसम्म पुराउने भेडागोठ हिउँदमा बेंसीका फाँटसम्म झार्ने गरिन्छ। म्याग्दीको उच्च हिमाली भेग भेडापालनका लागि सम्भावनायुक्त छन्। कमल खत्री/रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top