गैँडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

२६ असार ७५, मंगलबार
Share this
717shares

काठमाडौँ, असार २६

Advertisement

नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैँडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौँको विशेष टोलीले उक्त रेष्टुरेंन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले निजहरुलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाउने प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

Advertisement

त्यस्तै प्रहरीले काठमाडौँकै नयाँ बजारमा दुर्लभ वन्यजन्तु सालकको खपटाको कारोबार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्दा बा७९प १७०७ नंको मोटरसाइकलमा सवार ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १०५ ग्राम सालकको खपटासहित पक्राउ गरेको जनाएको छ । उनीहरुलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइने प्रहरीले बताएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top