×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

कांग्रेसमा महाधिवेशन चटारो: निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू

१२ भाद्र २०७८

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले सम्पर्क कार्यालय खोल्न थालेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार नयाँबानेश्वरको थापागाउँमा महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेका छन् ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे । यसअघि विभिन्न नेताले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेका छन् । केही नेताहरूले १३औं महाधिवेशनको बेला खोलिएको सम्पर्क कार्यालयलाई नै निरन्तरता दिएका छन् । निधिले सम्पर्क कार्यालय उद्घाटन अलि फरक किसिमबाट गरेका छन् ।

Advertisement

उद्घाटन गर्नुअघि पशुपतिनाथ मन्दिरका मूल भट्टका प्रतिनिधि, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूले सम्पर्क कार्यालयमा पूजापाठ गरेका थिए । निधिले ती पुजारी तथा पण्डितबाट आशीर्वाद लिएर सम्पर्क कार्यालय उद्घाटन गरेका थिए । त्यस अवसरमा पण्डित तथा विभिन्न मन्दिरका पुजारीले मन्तव्य पनि राखे ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम राजनीतिक भए पनि धार्मिक अनुष्ठानजस्तो देखिन्थ्यो । निधिले रुद्राक्ष र सयपत्रीको माला लगाएका थिए । आफूलाई विभिन्न शक्तिपीठका पुजारी र धार्मिक गुरूहरूले आशीर्वाद दिएको उनले बताए । उनले धार्मिक गुरु कमलनयनाचार्यसँग पनि आफूले आशीर्वाद लिएको सुनाए । कार्यक्रममा उनले नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने पनि बताए ।

सभापतिमा आफ्नो उम्मेदवारी कसैलाई हराउन वा कसैलाई अक्षम देखाउन नभएको निधिले बताए । आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफू सभापति बन्न चाहेको उनको भनाइ थियो । निधिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट भनेर चिनिएका नेताहरूको पनि उपस्थिति थियो ।

देउवाको गृहजिल्ला डडेलधुराका कांग्रेस सभापति कर्ण मल्ल, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीलगायत त्यहाँ उपस्थित थिए । प्रदेश २ सरकारका मन्त्री रामसरोज यादव पनि कार्यक्रममा उपस्थित थिए । शिव चौधरी, मीनाक्षी झा, स्मृतिनारायण चौधरी, पूर्वसांसद प्रेमकिशोर यादव, नरेश यादवलगायत नेताहरू पनि उपस्थित थिए ।

निधिले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि सभापति देउवासँग उनको सम्बन्ध पहिले जस्तो सुमधुर छैन । पहिला देउवा खेमामा रहेका निधिले महाधिवेशनमा चुनावी तालमेलका लागि पार्टी महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमानसिंहलगायतसँग पटकपटक छलफल गरिसकेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पहिले नै अनामनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन् । १३ औं महाधिवेशनमा पनि पौडेलले सोही ठाउँमा सम्पर्क कार्यालय खोलेका थिए । १३औं महाधिवेशनमा उनी सभापतिको उम्मेदवार थिए । यसैगरी १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका कृष्ण सिटौलाले १४औं महाधिवेशनका लागि गौशालामा सम्पर्क कार्यालय खोलेका छन् । सिटौलाका सहयोगी किरन सिटौलाका अनुसार गत चैत १ गतेदेखि नै गौशालामा सम्पर्क कार्यालय खोलिएको हो ।

एक÷डेढ वर्षअघि महाराजगगन्जमा खोलिएको सम्पर्क कार्यालयलाई चैत १ गते गौशालामा सारिएको किरणले बताए । कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन् । सहयोगी युपी लामिछानेका अनुसार सिंहले प्रतिनिधिसभाको चुनावमा मतदातासँग सम्पर्क गर्न नयाँबानेश्वरमा कार्यालय खोलेका थिए । सोही ठाउँमा महाधिवेशनका लागि पनि सम्पर्क कार्यालय खोलेका सिंहले अहिले नेता तथा कार्यकर्तासँग भने क्षेत्रपाटीस्थित निवासबाटै भेटघाट गर्दै आएको लामिछानेले बताए ।

Advertisement

त्यस्तै १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका शेखर कोइरालाले अनामगनर र विशालनगरमा दुईवटा सम्पर्क कार्यालय खोलेका छन् । अनामनगरमा खोलिएको कार्यालयले नपुगेर विशालनगरमा खोल्नुपरेको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले बताए । १३औं महाधिवेशनका बेला कोइरालाले अनामनगरमा सम्पर्क कार्यालय खोलेका थिए ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top