रोनाल्डो म्यानचेष्टर युनाइटेडमा आवद्ध

१२ भदाै, एजेन्सी ।

Advertisement

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाडेका छन् । उनी युभेन्ट्स छाडेर इंग्लिस क्लब  म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका हुन् ।

युनाईटेडले आफ्नो आधिकारिक पेजमार्फत रोनाल्डो क्लबमा आवद्ध भएको भन्दै स्वागत गरेको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ ।

Advertisement

रोनाल्डोलाई अनुबन्ध गर्नका लागि युनाइटेड र युभेन्टसबीच सहमति भएको छ । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् ।

युनाइटेड आफ्नो पूर्व खेलाडी फर्काउन उत्साहित छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top