त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

२६ असार ७५, बुधबार

नुवाकोट, असार २६

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो ।

आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

Advertisement

उनका अनुसार आगो निभाउन फायर एक्सटिनगुइसर उपकरण प्रयोग गरे पनि त्यो पर्याप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत् गृहका कर्मचारी, स्थानीयवासीलगायत परिचालन भएका छन् ।

आगलागीपश्चात् २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ । विसं २०२३ देखि विद्युत् उत्पादन शुरु गरेको उक्त केन्द्रले हालसम्म पनि पूर्ण क्षमताको उत्पादन निरन्तर दिँदै आएको छ ।

रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top