×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

युवालाई पार्टी नेतृत्वको जिम्मा दिएर संस्मरण लेख्न मन छ : प्रचण्ड

१२ भाद्र २०७८

१२ साउन, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Advertisement
Advertisement

योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताए ।

उनले समाजवादको नेतृत्व गर्ने गरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उहाँले जानकारी दिए।

आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उनको भनाइ थियो ।

समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा (एमाले) सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उनको तर्क थियो ।

ठूलो मेहनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले भने, “यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।” उनले अगाडि भने, “अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ । यसतर्फ युवा सचेत हुन आवश्यक छ ।”

अर्को प्रसङ्गमा उनले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गरे ।

उनले भने, “प्रविधिको प्रयोगबाट समय, खर्चलाई कटौती गरेर कार्यक्रम गर्न सकिन्छ भन्ने पुष्टि वाइसिएले गरेको छ । यो एउटा प्रेरणा र शिक्षाको रुपमा रहनेछ, यसका लागि वाइसिएललाई धन्यवाद, नेपालको कम्युनिष्ट आन्दोलनमा विज्ञान प्रविधिको प्रयोगको हिसाबमा यो भेला एउटा माइलस्टोन हुनेछ ।” भेलामा बसिराख्दा आफू विसं २०३८ मा भारतको काशीनगर भन्ने ठाउँमा भएको युवा भेलामा आफू युवाको नेताको रूपमा सहभागी भएको स्मरण गर्दै उनले भने, “यो ४० वर्षको समीक्षा मैले गरेको छु ।”

भेला सफलताको शुभकामना दिँदै अर्थमन्त्री एवं माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले समाजवादको दिशा निर्माण गर्न पार्टी नेतृत्वलाई सहयोग गर्ने दायित्व वाइसिएलको काँधमा रहेको बताए।

कम्तीमा १५ लाख युवालाई वाइसिएलमा सङ्गठित गरी उनीहरूलाई उत्पादन र रोजगारीमा जोड्ने गरी योजना बनाउन वाइसिएल नेतृत्वलाई उहाँले निर्देशन गरे।

वाइसिएललाई अब परिवर्तनको उपलब्धिको रक्षा गर्ने, रक्षकको रूपमा, सामाजिक, सांस्कृतिक रूपान्तरण, आर्थिक विकास र समृद्धिको संवाहकको रूपमा विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रदेश–१ का माओवादी केन्द्रका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश–२ का माओवादी केन्द्रका नेता अच्युतम काफ्ले, वाग्मती प्रदेश माओवादी केन्द्रका सहइञ्चार्ज नारायण दाहाल, गण्डकी प्रदेश माओवादी केन्द्रका इन्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश माओवादी केन्द्रका इन्चार्ज चक्रपाणि खनाल, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा माओवादी केन्द्रका सहइञ्चार्ज महेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भर्चुअल माध्यमबाट भेला सफलताको शुभकामना दिए ।

यस्तै तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँ, नेकपा (एकीकृत समाजवादी) सम्वद्ध युवा सङ्घका महासचिव दीपक जिएम लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।

वाइसिएलको राष्ट्रिय भेला सुरुनेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाइसिएल)नेपालको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।

भोलिसम्म चल्ने भेलाको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गरे । भर्चुअल माध्यमबाट भइरहेको भेलाको काठमाडौँमा भने उद्घाटन कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो ।

सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाइरहेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।

उहाँले भेलामा अबको युवा आन्दोलनको राजनीतिक कार्यदिशा, अबको सङ्गठनात्मक कार्यदिशा कस्तो हुने र कस्तो नेतृत्व प्रणाली गर्नेबारे गम्भीर बहस गर्ने बताए ।

‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

Advertisement

भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेका छन् । भेलामा ६४७ प्रतिनिधि एवं पर्यवेक्षकको सहभागितामा रहेको आयोजकले जानकारी दिएका छन् । रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top