गोकर्णको कुशे औँसी मेला स्थगित

१२ भदौ ७८, आइतबार

१२ भदाै, काठमाडौँ ।

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आजको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना सङ्क्रमण बढिरहेका बेला लाखौँ भक्तजनको उपस्थितिमा हुने मेला गर्दा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगित गर्न बाध्य हुनुपरेको उनले बताए ।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न लाखौँ भक्तजन आउने गर्छन् । भाद्रकृष्ण औँसीका दिन यहाँ आएर जलदान, सिदादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ ।

गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगित गरिएको थियो । यस वर्ष भदौ २२ गते कुशे औँसी मेला परेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top