×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण

१३ भाद्र २०७८

१३ भदौ, काठमाडौं ।

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ ।

Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५८४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६ हजार ७१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार १२६ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ३६ लाख ३३ हजार ५७३ पुगेको छ ।

यही अवधिमा ५ लाख ३५ हजार ९०३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २१ करोड ६७ लाख ४ हजार ६५७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ६४ हजार ३६५ छ । यसमध्ये १ लाख १३ हजार १४९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६९ हजार १८१ जनामा संक्रमण भएको छ । यस्तै थप ६०४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ५४ हजार ३३७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ७९ हजार ५४ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् ।

Advertisement

तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ३७ हजार ८६० संक्रमितको मृत्यु भएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top