×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

मन्त्रिपरिषद विस्तारअघि दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने देउबाको तयारी

१३ भाद्र २०७८

१३ भदौ, काठमाडौं ।

मन्त्रिपरिषद् विस्तारअघि राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय पार्ने सरकारले तयारी थालेको छ ।

Advertisement
Advertisement

अध्यादेश निष्क्रिय बनाउने प्रकियाका लागि प्रधानमन्त्री शेरबहादुर देउबाले गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई जिम्मा दिएको निकट स्रोतले जनाएको छ ।

देउबानिकट स्रोतका अनुसार अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा सत्तारुढ दलभित्र असन्तुष्टि चुलिने र त्यसले दल विभाजनको खतरा कायम रहेकाले त्यसबाट जोगिन सरकारले अध्यादेश निष्क्रिय पार्न खोजेको हो ।

‘अहिलेको मूल लडाइँ संसद् बचाउने र नबचाउनेबीचको थियो, अध्यादेशले दिएको परिणामसँगै संसद् पूरा कार्याकाल रहने सुनिश्चित भइसकेको छ,’ देउबा निकट एक नेताले भने,’अब त्यसको दुरूपयोग हुन नदिन निष्क्रिय पार्ने मुडमा प्रधानमन्त्री पुग्नु भएको बुझेको छु ।’

सत्तारुढ गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै हुँदा अध्यादेश निस्क्रीय नपारी मन्त्रिपरिषद् विस्तार गरे त्यसले ती पार्टी नै फुट्ने जोखिम रहेको शीर्ष नेताहरुले विश्लेषण गरेका छन् ।

दलभित्रको अन्तरविरोध मथ्थर पार्न नसके केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत पु¥याएर दल विभाजन हुन सक्ने व्यवस्थाले कांग्रेस, माओवादीलगायतका कुनै पनि पार्टी सग्लो नरहने जोखिम छ ।

मौजुदा व्यवस्थाले राष्ट्रिय सभाका ७ सहित ६८ सांसद रहेको कांग्रेसमा १४ सांसदले पार्टी विभाजन गर्न सक्छन्  भने ६३ सांसद रहेको माओवादी केन्द्रमा १३ जनाले पार्टी विभाजन गर्न सक्छन् ।

यो खतराबाट जोगाउन कुनै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउबा र माओवादी अध्यक्ष प्रचण्ड पहिला दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउन एकमत भएको स्रोतको भनाइ छ ।

सरकारको सिफारिसले भदौ ९ गते राष्ट्रपतिले अध्यादेश जारी गरेपछि माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए ।

संविधानको धारा ११४ मा अध्यादेश निष्क्रिय हुने तीनवटा प्राबधान राखिएका छन् । अध्यादेश जारी भएपछि बसेको संघीय सदनको दुवै सदनमा अध्यादेश पेस गर्नुपर्ने हुन्छ तर दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुने ब्यवस्था छ ।

मन्त्रिपरिषदले सिफारिस गरेमा राष्ट्रपतिबाट जुनसुकै बेला अध्यादेश खारेज हुन सक्ने अर्को प्राबधान पनि राखिएको छ । उल्लेखित दुवै व्यवस्थाबमोजिम अध्यादेश खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुने प्रावधान छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो सरकारले अध्यादेश ल्याउनु वा निस्क्रीय पार्नु राजनीतिक विषय भए पनि दल विषेशलाई तारो बनाएर ल्याइने अध्यादेशले प्रतिशोधी भावना बढ्ने बताउँछन् ।

‘राजनीतिक स्थिरताको कुरा गरेर दल फुटाउने नियतबाटै अध्यादेश ल्याउनु र लगत्तै निष्क्रिय पार्ने खेल हुँदा, यसले सत्तामा पुगेपिच्छे एकले अर्कालाई प्रतिशोध लिने थिति बस्छ,’ महतोले भने,’जुन लोकतन्त्रकै लागि प्रत्युत्पादक हुन्छ ।’

Advertisement

अध्यादेश सक्रिय र निष्क्रिय पार्ने खेलमा लाग्दा असार २९ मा प्रधानमन्त्री भएका देउवाले कांग्रेस र माओवादीबाट दुई÷दुई जना मन्त्री तथा एक जना स्वास्थ्य राज्यमन्त्रीका भरमा सरकार चलाएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top