राष्ट्र बैंकले थप्यो विदेशी मुद्राको कारोबार गर्ने संस्थाको नवीकरण गर्ने म्याद

१२ भदौ ७८, आइतबार

१३ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरूको नवीकरण गर्ने म्याद थपेको छ।

विभागले कोभिड–१९ महामारीबाट सिर्जित प्रभाव दृष्टिगत गरी एक वर्षका लागि निःशुल्क नवीकरण हुने जनाएको हो।

त्यस्तै, भदौ ११ गतेअघि नै इजाजतपत्रको नवीकरण गराइसकेका संस्थाको इजाजतपत्रको म्याद पनि एक वर्ष निःशुल्क थपिने विभागले जानकारी दिएको छ।

विभागले विदेशी विनिमय कारोबार गर्ने निकायहरूका लागि एकीकृत परिपत्र २०७६ मा पनि केही संशोधन र केही व्यवस्था थप गरेको हो।

विभागले जारी गरेको परिपत्रअनुसार विदेशी विनिमय कारोबारमा एक पटकमा तीन हजार पाँच सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र सटही सुविधा हुुनेछ।यस्तो रकमसम्मको सीमाका लागि लाभग्राहीको बिजनेस क्रेडिबिलिटी इन्फरमेसन (बीसीआई) अनिवार्य नहुने पनि स्पष्ट पारेको छ।

तर कोभिड–१९ बाट सिर्जित स्वास्थ्य समस्यालाई रोकथाम तथा न्यूनीकरणका लागि सहजीकरण गर्ने औषधिजन्य सामग्री वा स्वास्थ्य उपकरणहरूको आयातको हकमा भने एउटै बिजकबाट एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम ड्राफ्ट÷टीटीको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था विभागले गरेको छ।

यसका लागि पनि आगामी चैत मसान्तसम्मका लागि बिजनेस क्रेडिबिलिटी इन्फरमेसन अनिवार्य नहुने विभागले जनाएको छ। एक लाख अमेरिकी डलरभन्दा बढीको सटही सुविधामा भने स्वास्थ्य सेवा विभागको सिफारिस आवश्यक पर्ने विभागले स्पष्ट पारेको छ।

यस्तो सुविधा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाले प्रत्येक महिना समाप्त भएको सात कार्यदिनभित्र राष्ट्र बैंकको विदेशी विनियम शाखामा आयात भएको विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै वायुयान सेवा सञ्चालक संस्थालाई २५ हजार अमेरिकी डलरसम्मको सुविधा तोकिएको कागजपत्रका आधारमा उपलब्ध गराउन सकिने विभागले जनाएको छ।

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top