१३ भदौ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा १३८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२१४ र एन्टिजेन विधिबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ५९ हजार २२२ र एन्टिजेनबाट ८२ हजार ९७१ जना पुगेको छ ।
यस्तै, आज थप २२६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ जना पुगेको छ । निको हुनेको दर ९३.९ प्रतिशत छ ।
आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ७१४ पुगेको छ ।