नेपालमा ६८ प्रतिशतभन्दा धेरैमा कोभिड १९ एन्टिबडी तयार

१३ भदौ, काठमाडौं ।

नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा कोरोना भाइरसविरुद्धको एन्टिबडी तयार भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसविरुद्धको एन्टिबडी बनेको पाइएको हो ।

कोरोना सङ्क्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी तयार भएको हो । सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकामा ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशतमा कोरोनाविरुद्धको एन्टिबडी पाइएको छ । यसबाट नेपालमा खोपको प्रभावकारिता पनि राम्रो रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै जति धेरै मानिसमा एन्टिबडी तयार हुन्छ महामारी नियन्त्रणमा उत्तिकै सहज हुने भएकाले बढी व्यक्तिमा एन्टिबडी तयार हुनु राम्रो हो । धेरै मानिसमा एन्टिबडी देखिए पनि भाइरसले रूप बदलिरहने डर भएकाले मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गरिरहनु कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top