×

NEPAL TIMES UPDATES

Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

१४ भाद्र २०७८

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ । नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै यस्तो तयारी गरेको हो ।

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । यसैक्रममा नेकपा (एस) ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो । नेकपा (एस) ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ ।

Advertisement

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो भने लागिसकेको छैन । छलफलबाट मन्त्रालय बाँडफाँटको टुंगो लगाइनेछ । नेता नेपालले नयाँ सरकार बनाउन सहयोग गरेका कारण उनको पार्टीलाई ६ वटासम्म मन्त्रालय दिन दाहाल र देउवा तयार भएका छन् । जनता समाजवादीसँग छलफल गरेपछि यसको अन्तिम टुंगो लाग्नेछ ।

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले दलको नेतामा नेपाललाई सर्वसम्मत चयन गरेको छ । बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ । ‘संसदीय दलको अध्यक्ष नेपाल भएका कारण पार्टीबाट सरकारमा जानेको टुंगो लगाउने जिम्मेवारी उहाँलाई नै दिइएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय टुंगो लागेलगत्तै सरकारमा सहभागी हुनेछौं’, नेकपा (एस) का सांसद विरोध खतिवडाले भने । संसदीय दलको बैठक सञ्चालन खतिवडाले गरेका थिए ।

बैठकमा अध्यक्ष नेपालले आफ्नो दल सरकारमा सामेल हुने जानकारी गराउँदै मन्त्रीहरूले छोटो समयमै जनताको मन जित्नेगरी राम्रो काम गर्ने उद्देश्य राख्नुपर्ने बताएका थिए । बैठकले वेदुराम भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेको छ । नेकपा (एस) ले शनिबार हाइकमान्ड गठन गरी सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

‘मन्त्रालय संख्या र पार्टीले पाउने मन्त्रालयबारे अझै टुंगो लागिसकेको छैन, सम्भवतः गठबन्धनका सबै दलबीच छलफल भएपछि अन्तिम टुंगो लाग्छ,’ नेता भुसालले भने । स्रोतका अनुसार नेपालले देउवा र दाहालसँगको छलफलमा पूर्वाधार विकास निर्माणसँग जोडिएका मन्त्रालय आफ्नो पार्टीलाई दिनुपर्ने बताएका छन् । जसअनुसार भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, सञ्चार तथा सूचना प्रविधि, भूमि व्यवस्था तथा सहकारी र कृषि मन्त्रालय नेकपा (एस) लाई दिने विषयमा देउवा सकारात्मक बनेको स्रोतको भनाइ छ । यी सबै मन्त्रालय विकासे मन्त्रालय हुन् ।

अध्यक्ष नेपालले सरकारमा पठाउन अहिलेसम्म मन्त्री नभएका पुराना नेता तथा सांसदलाई पहिलो प्राथमिकतामा राखेका छन् । जसअनुसार विरोध खतिवडा, मेटमणि चौधरी, वेदुराम भुसाल, प्रेम आले, पार्वती बिशुंखे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठसहितका सांसद प्राथमिकतामा छन् ।

पहिलो चरणमा नपर्ने सांसदलाई दोस्रो चरणमा मन्त्रीमा पठाउने र कतिपयलाई उपसभामुख, संसदीय समितिको नेतृत्वलगायतमा व्यवस्थापन गर्ने वचन नेपालले सांसदहरूलाई दिएका छन् । अहिले चर्चामा रहेकै नेताहरूलाई सरकारमा सहभागी गराउने नेपाल निकट स्रोतले जनाएको छ । सांसद सरला यादवले उपसभामुखमा दाबी गरेकी छन् । भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन पनि कुनै न कुनै भूमिकाको खोजीमा छन् ।

कलिला खातुन, हीराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि मन्त्रीका आकांक्षी छन् । नेकपा (एस) मा तुलसा थापा र माया ज्ञवाली पनि थपिएका छन् ।

थापाले मन्त्रीको इच्छा व्यक्त गरेको स्रोतको दाबी छ । थापा एमाले नेता वामदेव गौतमकी पत्नी हुन् । गौतमले केही दिनभित्रै एमालेबाट राजीनामा दिएर नेकपा (एस) मा आउने बताएका कारण थापालाई सरकारमा पठाउनुपर्ने बाध्यता नेपाललाई छ । सरकारमा ६ जना, राष्ट्रियसभाको प्रमुख सचेतक, सचेतक, प्रतिनिधिसभा प्रमुख सचेतक, सचेतक तथा विकास समितिका सभापतिमा गरी कम्तीमा १३ सांसदले पद पाउने निश्चित भए पनि अन्यको जिम्मेवारी कहाँ, कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा नेकपा (एस) नेतृत्व अलमलमा छ ।

‘तत्काल कुनै पार्टीसँग एकता हुँदैन’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन ्। नेकपा (एस) ले माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने समाचार आइरहेका बेला अध्यक्ष नेपालले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीको अहिलेको प्राथमिकता कुनै पार्टीसँग एकताभन्दा पनि राष्ट्रिय सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको बताएका हुन् ।

‘अरूसँग एकताको विषयको प्रसंगमा हामी पहिले नै ठीक भएकाले तुरुन्त कुनै पार्टीसँग एकता हुँदैन। अब राष्ट्रिय सम्मेलन गरेर कमिटीलाई पूर्णता दिनुपर्छ,’ नेपालले भने । उनले पार्टी कम्युनिस्ट मूल्य मान्यता र वर्गीय दृष्टिकोणलाई आत्मसात् गर्दै अघि बढ्नेसमेत बताए ।

‘हामी कम्युनिस्ट दृष्टिकोणमा विचलन भएका छैनौं । लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्नेछौं । रोजगारी सिर्जना र नयाँ पुस्तालाई आकर्षित गर्ने अभिभाराका साथ हामी अगाडि बढेका छौं । वर्गीय दृष्टिकोणलाई आत्मसात् गरेर अघि बढ्नेछौं । देशको स्वाभिमान जोगाउँदै अघि बढ्नेछौं । पार्टी निर्माणको मोर्चामा अघि बढ्नेछौं,’ नेपालले भने ।

एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र र चिन्तनमा कुनै पनि सुधार नआएपछि आफू विद्रोह गर्न बाध्य भएको नेपालले बताएका थिए । ‘ओलीले एमालेमा आफ्नो गुटबाहेक कसैलाई पनि जिम्मेवारी दिनु भएन अन्यायको विरोध गर्दा आफूहरूले आफ्नै पार्टीभित्र अन्याय सहनुप¥यो । संसद्भित्र पनि आफनो गुटका मान्छेलाई मात्रै बोल्न दिने, पार्टीभित्र पनि त्यही अवस्था थियो’, नेपालले भने, ‘नेकपा (हाल विघटित) बनेपछि पनि अध्यक्ष भनेको सर्वोपरी हो जस्तै गर्न थालियो । कमिटी प्रणाली खारेज भयो । कमिटी प्रणाली लत्याउने र बेवास्ता गर्ने काम ओलीबाटै भयो, उहाँले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि तोड्नु भयो । दक्षिणपन्थी भासमा डुब्न थाल्नु भयो ।’

नेपालले ओलीका हर्कतप्रति असन्तुष्टि जनाउँदै अगाडि थपे, ‘उहाँले निर्वाचन आयोगमा छुटै पार्टी दर्ता गर्न लगाउनु भयो, उहाँसँग असहमत हुनेलाई कुर्सी भाँचिदिन्छु भन्दै धम्काउन थाल्नु भयो । कुर्सी ठूलो कुरो थिएन तर उहाँ कुर्सी नभई बाँच्न नसक्ने अवस्थामा पुग्नुभयो। निर्वाचन घोषणपत्र लागु गर्न उत्साहित हुनु भएन । उल्टै संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्नु भयो ।’

Advertisement

पार्टी एकताको वातावरण बिथोलेर दुर्घटनामा पु¥याउने कामको नेतृत्व ओलीले गरेको आरोप नेपालको थियो । ‘केपी ओलीका कारण समाज, नागरिक समाज, बौद्धिक समुुदाय सबै प्रताडित भए । बार्दलीको नाचदेखि बाँदर नाच समेत देख्नु प¥यो । उहाँका शिष्य पनि त्यस्तै बोल्न थाले । एकता हुन थालेको वातावरण धुमिल पार्ने काम भयो । पार्टी आज दुर्घटनामा प¥यो’, नेपालले भने ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top