फेरि पनि गोजीबाटै मन्त्री छान्ने तयारी

फेरि पनि गोजीबाटै मन्त्री छान्ने तयारी

काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र लोकतन्त्र मिचेको भन्दै सदन र सरकारबाट चर्को आलोचना गर्दै सत्तामा पुगेका नेताहरुमै स्वेच्छाचारी कार्यशैली देखिन थालेको छ ।

प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तजबिजीमा केहीलाई मन्त्री बनाएकामा नवगठित दल एकिकृत समाजवादीले पनि सरकारमा जाने व्यक्तिहरु छान्न् जिम्मा अधयक्ष माधवकुमार नेपाललाई नै दिएको छ ।

यसरी सत्तारुढ दलहरुले संस्थागत विधिभन्दा पनि व्यक्तिवादी शैलीलाई निरन्तरा दिने संकेत गरेका छन् । तत्कालीन नेकपामा ओली स्वेच्छाचारी बनेको भन्ने विषयकै कारण दाहाल र नेपाल एक ठाउँ उभिएका थिए ।

ओलीले पार्टीलाई विधिअनुरुप सञ्चालन नगरेको भन्ने विषयले विवाद चर्कदै जाँदा ओली, दाहाल र नेपाल अहिले छुट्टाछुट्टै दलमा पुगेका छन् ।

ओलीको बर्हिगमनसँगै दाहालको दलले सत्तारोहण गरिसकेको छ भने नेपालको दल एकिकृत समाजवादी सरकारमा जाने तयारीमा छ ।

नयाँ पार्टी दर्तापछि पहिलो पटक बसेको एकिकृत समजावदी ससंस्दीय दल बैठकले नोपललाई नेता चयन गर्दै मन्त्री चयनको जिम्मासमेत दिएको छ ।

यसको अर्थ नेपालले पनि मन्त्री छनोट प्रक्रियाबारे पार्टीमा छलफल गराउन चाहेनन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.