१४ भदाै, एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । उनले फ्रान्सेली लिग वन अन्तर्गत आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।
उनले राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयामारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेलेका हुन् । मेस्सीले यससँगै बार्सिलोना बाहेक कुनैपनि टोलीबाट पहिलो खेल खेले ।
यद्यपि राइम्समाथि पीएसजीको २-० को जितमा दुवै गोल एमबाप्पेले गरेका थिए । पहिलो गोल १६ औं मिनेटमा सम्भव भएको थियो । डी मारियाको क्रसलाई उनले हेडरमार्फत जाली चुमाएका थिए । ६३ औं मिनेटमा अक्रफ हकिमीको क्रसमा गोल गर्दै जितनजिक पुर्याएका थिए ।
मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट विक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो ।