ला लिगामा बार्सिलोनाको दोस्रो जित, गेटाफे २–१ ले पराजित

ला लिगामा बार्सिलोनाको दोस्रो जित, गेटाफे २–१ ले पराजित

१४ भदौ, काठमाडौं ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा गेटाफेलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एक÷एक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले तीन खेलमा ७ अङ्क जोडेको छ।

बार्सिलोना चौथो स्थानमा रहेको छ।

गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अङ्क जोड्न सकेको छैन । यस्तै, गएराति नै भएको अर्काे खेलमा रायो भालेकानोले सानदार जित निकालेको छ । उसले ग्रानडालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

यस्तै, अर्को खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियलसँग २–२ गोलको बराबरी खेलेको छ भने ओसासुनाले कार्डिजलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.