काबुलमा अमेरिकाले गरेको आक्रमणमा ६ बालिकासहित ९ जनाको मृत्यु

१४ भदौ, काठमाडौं ।

Advertisement

अफगानिस्तानको काबुलमा आतंककारीले गर्न खोजेको बम आक्रमण निस्तेज पार्न अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।

कार बम लिएर आत्मघाती आक्रमणकारी विमानस्थलतर्फ अगाडि बढ्दै गरेको देखेपछि अमेरिकाले ड्रोन हमला गरेको दाबी गरेको छ । सो आक्रमणमा अमेरिकी सेनाकै सहयोगीसहित ९ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement

यसअघि गत बिहीबार साँझ आईएसआईएस–केले विमानस्थलमा बम हमला गर्दा १३ जना अमेरिकी सैनिकसहित १७५ जनाको मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top