सातै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेका छौं : मन्त्री श्रेष्ठ

१४ भदाै, काठमाडाैँ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिए । उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताए ।

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे । उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए । “यहाँ भएका साधन स्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्”, उनले भने, “अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न पर्यो । हामी उपलब्ध गराउन तयार छौ ।”

उनले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राखे । उनले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिए । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताए । उनले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरुले सहयोग गर्ने बताए । उनले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताए । अस्पतालका निर्देशक डा सङ्गीता कौसल मिश्राले अस्पतालमा थप २०० शय्या थप गर्न गइरहेको जानकारी दिइन् । उनले ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया चाँडै नै सुरु गर्ने बताइन् ।

अस्पतालका उपनिर्देशक डा.श्रीप्रसाद अधिकारीका अनुसार हरेक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा, प्रसूति, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार, कृत्रिम गर्भधारण जस्ता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट शुरु भएको उक्त अस्पतालमा अहिले ४८९ शय्या रहेका छन् । अस्पतालले कोभिड–१९ सङ्क्रमित महिलाको उपचार कुपण्डोलस्थित प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top