जिम्बावेका कप्तानले विराटनगरबाट इपीएल खेल्ने

१४ भदाै, काठमाडाैँ ।
सन् २०१७ मा एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो संस्करणको उपाधि उचालेको फ्रेन्चाइज टोली विराटनगर वारियर्सले चौथो संस्करण पनि आफ्नो खातामा ल्याउन आतुर देखिएको छ । उपाधि दोहोर्याउनका लागि विराटनगरले अब्बल खेलाडीहरु आफ्नो समूहमा भित्त्राईरहेको छ ।

Advertisement

यसैक्रममा विराटनगर वारियर्सले जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजालाई एपीएलका लागि अनुबन्ध गर्ने भएको छ । विराटनगरले सामाजिक संजालमार्फत पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम सार्वजनिक गरेको छ । टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर राजा टि२० कप्तान पनि हुन् । राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । ११७ टि २० क्रिकेट खेलेका छन् ।

राजाले सन् २०१८ को एकदिवसिय ग्लोबल विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा ६ चौका र ९ छक्का सहित १ सय २३ रनको आक्रामक शतकीय इनिङ खेलेका थिए । राजाले टि२० खेलमा १२ अर्धशतकका साथ २ हजार ७५ रन बनाएका छन् । ४४ विकेट हात पारेका छन् । उनले टेस्टमा १ शतक, ८ अर्धशतक सहित कुल १ हजर ८ सय ८७ रन बनाएका छन् । टेस्टमा ३४ विकेट लिएका छन् । उनले ओडिआईमा ३ शतक र १७ अर्धशतक सहित कुल २ हजार ९ सय ४३ रन बनाउनुको साथै ६२ विकेट लिएका छन् ।

Advertisement

३५ वर्षिय सिकन्दर तल्लोक्रममा आक्रमक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । यसअघि २०१८ मा राजा इपिएलमा काठमाडौं किंग्स–११ मा अनुबन्ध भएपनि व्यक्तिगत कारण देखाउदै खेल्न आएका थिएनन् ।

पछिल्लो समय नेपालमा सुरु भएका फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा विश्व चर्चित विदेश अब्बल खेलाडीहरु भित्र्याउने होड्नै चल्ने गरेको छ। राजासंगै विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी लगायतका खेलाडी रहने छन् । भैरहवा ग्ल्याडियटर्सलाई पछि पार्दै विराटनगरले दोस्रो संस्करणको उपाधि जित्दा पारस खड्का प्लेयर अफ द म्याच चुनिएका थिए । तर अहिले भने अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसले इपिएल खेल्ने वा नखेल्ने अनिश्चित छ ।

Advertisement

इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । लिगमा विराटनगरसहित ६ सहरका फ्रेन्चाइज ६ टिमले सहभागिता जनाउने छन् । जसमध्ये यसअघि नै चितवनले अफगानिस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका दीनेश आजिज, मलेसिया विरनदीपसिंह र श्रीलंकाका सिक्कुगे प्रसन्नाको नाम सार्वजनिक गरि सकेको छ । यस्तै भैरहवाले श्रीलंकाका दिनेश चान्डिमलको नाम सार्वजनिक गरेको छ भने ललितपुरले इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरेको छ । काठमाडौंले पाकिस्तानका शाहिद अफ्रिदीको नाम सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top