काठमाडौंमा २ वर्षपछि चित्रकला प्रदर्शनी शुरु

१४ भदाै, काठमाडाैँ ।
कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ । इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताइन् ।

उनले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित आयोजना चित्रकला प्रदर्शनी गरिएको बताइन् । उनले भनिन्, ‘कोरोनाका कारण धेरै जना सिनियर आर्टिस्टहरुलाई समेट्न पाएनौँ, डाइरेक्ट ग्यालरिमै पेन्टिङ पुर्याउनेहरुलाई मात्र समेटेका छौँ । यस वर्ष हामीले हिमालयन आर्ट एग्जिबेशन मात्रै गर्यौं, तर गत वर्षहरुमा दशैँअघि हिमालय आर्ट फेस्टिबल गथ्र्यौं । तर यस वर्ष यस्तो पेण्डामिक समयमा सहज छैन, यो वर्षको लकडाउनले हामीलाई निराश बनाएको छ, काम गर्ने मूड नै छैन, हामीले पेन्टिङ नकोरी समस्या हुन्छ, त्यसैले यस्तो बेलामा पनि काम गर्दै जाउँ भनेर गरेका हौँ, सबैलाई समस्या नै छ, आर्टिस्टलाई मात्रै होइन, सबैलाई यस्तै छ, तर आर्टिस्टलाई झनै समस्या छ, त्यसैले यस्तो बेलामा पनि फेस्टिबल आयोजना गरेका हाँै ।’

प्रदर्शनीमा ब्याबसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताइन् । प्रदर्शनीमा ६० भन्दा धेरै ब्यावसायिक चित्रकारहरु उपस्थित रहेको बताइन् । उनले भनिन्, ‘कोरोना अलि नर्मल भएको बेला गरौँ, नेपाली आर्टिस्टहरुलाई अलि इजी पनि होस् भनेर हामीले एग्जीबेशन गरेको हो । यहाँ ६०,६५ जति आर्टिस्टहरु हुनुहुन्छ । हामीले दशैँ अगाडि गर्दै आएको हो, यस वर्ष फेस्टिभल गर्न सकेनौँ तर एग्जिबेशन गरेका हौँ ।’

चित्रकला प्रदर्शनीमा सहभागि चित्रकार सञ्जु श्रेष्ठले अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितीमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुशी महशुस गरेको बताइन् । उनले यसरी भौतिक उपस्थितीमै गरिने प्रदर्शनीले चित्रकारहरुमा शक्ति, जोश र जाँगर आउने बताइन् । उनले भनिन, ‘कोरोनाको पेण्डामिकले गर्दा फ्री भएर काम गर्न नपाइरहेको अवस्थामा त्यसमाथि मेण्टल्ली भित्रबाट बाँधिरहेको अवस्थामा यो फेस्टिबल केही उत्साहका लागि गरेका हौँ । पेण्डामिकले सबै काम रोकिरहेको जस्तो भएको थियो । यस्ता प्रोग्रामले आर्टिस्टहरुलाई इनर्जी आउँदो रहेछ, अनलाइनबाट आर्ट देखाइरहेपछि फिजिकली उपस्थित भएर देखाउन पाउँदा छुट्टै इनर्जी आउँदो रहेछ ।’

हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको उनले बताइन् ।सोमवार भाद्र १४ गतेबाट शुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते आईतवारसम्म चल्नेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top