सेउघामा सडक भासियो

१५ भदाै, गुल्मी ।

अबिरल वर्षासँगै पहिरो जाँदा गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डको सेउघामा सडक भासिएको छ । सडक छेउको ग्याभिङ्ग वाल सहित सडक भत्किएर पहिरो गएपछि २ वटा घर समेत जोखिममा छन् ।

 रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडकको आधा भन्दा धेरै भाग सडक भत्किएको छ । सडक भासिए पहिरो गएपछि यात्रा गर्न जोखिम बनेको छ ।

अहिले एक तर्फ रुपमा सवारी साधनहरु आवत जावत गरेका छन् । तर अरु धेरै भाग चर्कीएकाले थप पहिरो जानसक्ने जोखिम उत्तिकै रहेको छ ।

सडकसँगै नजिकै रहेका नेत्र कुँवर, नर्मदा कुँवरको घर जोखि मबनेको रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनीले बताए।

पहिरोले सडक भत्किएपछि सिङ्गो भिरनै देखिएकाले डरलाग्दो दृश्य देखिएको छ । पहिरोले सडकको अरु भाग पनि भत्कीने हो भनेर नजिकै रहेका घरका मानिसहरु त्रसित बनेका छन् ।

गत वर्ष सोहि स्थानमा सडक थोरै मात्रमा चर्कीएको थियो । तर त्यसैमाथी थप कालोपत्रे गरेर टालिएको थियो । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकको २८ किलोमिटर सडक कालोपत्रे रहेको छ । सडकका अन्य स्थानमा पनि पहिरोले दैनिक जसो दुख दिने गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top