मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

१५ भदाै, काठमाडौं।

Advertisement

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्।

नेकपा एमालेका १२ जना प्रदेश सभा सदस्य (सांसद)हरुले माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी रोजेपछि शाक्य अल्मतमा परेकी हुन्।

Advertisement

१०९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ जना सांसद छन्। प्रदेश सभामा बहुमतका लागि ५५ जना नै सांसदको साथ चाहिन्छ। १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि नेकपा एमालेका ४४ जना सांसद मात्रै बाँकी रहेका छन्।

दल दर्ताको आधिकारिकता दिएपछि निर्वाचन आयोगले मंगलबारदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न भनेकाे थियाे। मंगलबार एमालेका १२ सांसदले हेटौंडास्थित निर्वाचन आयोगको कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी रोज्ने बताएका हुन्।

Advertisement

एकीकृत समाजवादी राेज्ने सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्माले रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top