सुदूरपश्चिमका १० सांसद एकीकृत समाजवादीमा, १४ जना पुग्ने दाबी

१५ भदाै, कैलाली ।

Advertisement

सुदूरपश्चिम प्रदेशमा एमालेका १० सांसदले माधक कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी राेजेका छन् । उनीहरुले आज निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

बाँकी केही सांसदको कागजात नपुगेर सनाखत हुन नसकेको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादीले आफ्नो पक्षमा १४ सांसद रहेको दावी गरेको छ ।

Advertisement

निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरेकाे छ । सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद थिए । यहाँ माओवादी केन्द्रको १२, कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top