NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

अफगानिस्तान परिवर्तन: गम्भीर चिरफार गर्न सार्कलाई सुझाव

बुधबार भदौ १६ , २०७८
Reading Time: 1 min read
A A
अफगानिस्तान परिवर्तन: गम्भीर चिरफार गर्न सार्कलाई सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

काठमाडौं: अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटाइएको तालिबान विद्रोही पुनः सत्तामा पुगेपछि विश्वभर अहिले यसको राजनीतिक आयामबारे चर्चा चलिरहेको छ । भौगोलिक रूपमा मध्यएसियामा पर्ने भूपरिवेष्टित देश अफगानिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सबभन्दा कान्छो सदस्य पनि हो ।

सन् २००७ मा सार्कको सदस्यता लिएको अफगानिस्तानमा देखिएको परिवर्तनले दक्षिण एसियाली देशहरूमा कुनै न कुनै प्रभाव पार्नु स्वाभाविक हुने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । “यसबाट दक्षिण एसियाको भूराजनीतिक शक्ति सन्तुलनमा केही फेरबदल ल्याउन सक्छ”, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका सदस्य डा रुपक सापकोटाले भने, “पृथकतावादी सोच राख्नेहरूलाई मनोवैज्ञानिक रूपमा लामो समय लड्ने हो भने ठूलाठूला शक्तिलाई पनि परास्त गर्न सकिने रहेछ भन्ने उक्साहट दिन सक्छ । त्यसैले प्रत्येक देशले यसलाई गम्भीरतापूर्वक नियाल्नुपर्छ ।”

अफगानिस्तानसँग नेपालको प्रत्यक्ष सिमाना जोडिएको छैन । यद्यपि म्यानमारबाट लखेटिएका रोहिङ्ग्या शरणार्थी, बङ्गलादेशबाट भारत हुँदै काठमाडौँसम्म आइपुगेको तथा यसअघि नै भुटानबाट ओइरिएका हजारौँ भुटानी शरणार्थीको समस्या झेलिसकेको नेपाललाई त्यहाँको परिवर्तनको बाछिटाले नछोला भन्न सकिँदैन ।

“पाकिस्तानको केन्द्र प्रशासित स्वायत्त थुप्रै ट्राइबल क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएका छन् । ती क्षेत्रमा अलकाइदा, आईएसआई जस्ता उग्रवादी सङ्गठनका नेताहरू क्रियाशील रहेको बताइन्छ”, परराष्ट्र मामिलाका विज्ञ डा दिनेश भट्टराईले भने, “जसका कारण अन्तरसीमा (क्रसबोर्डर)मा आतङ्कवाद बढ्न सक्ने सम्भावना देखिन्छ ।”

त्यसो त तालिबानले विश्व मञ्चको स्वीकारोक्ति कुन ढङ्गले पाउला अहिले नै निश्चित भइसकेको छैन । राजधानी काबुल कब्जा गरे पनि देशको सबै क्षेत्रमा उसले कब्जा जमाइसकेको छैन । तालिबानसँग लड्दै गरेका शक्तिहरू पन्जशिर प्रान्तमा जम्मा भएर उसका विरुद्ध लड्ने उद्घोष गरिरहेका छन् जसको नेतृत्व सत्ताच्युत भएका उपराष्ट्रपति अमरुल्लाह सलेहले गरिरहेका छन् ।

करिब ३० वर्ष परराष्ट्र सेवामा काम गरेर विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थामा नेतृत्व गरिसक्नुभएका डा भट्टराईले भने, “यो थप चिन्ताको विषय हो, त्यहाँ अस्थिरता उत्पन्न भयो र गृहयुद्ध सुरु भयो भने त्यसको असर नेपालमा पनि पर्न सक्छ ।”

विचारधारात्मक रूपमा उग्रवादलाई केही राहत मिले पनि त्यसको ठूलो प्रभाव भने तत्काल नपर्ने विज्ञहरूको विश्लेषण छ । “तालिबान आफैँ पनि हामी परिवर्तन भयौँ, परिपक्क र पहिलेभन्दा जिम्मेवार भयौँ भनिरहेका छन्”, तात्कालिक प्रधानमन्त्री सुशील कोइरालाका सल्लाहकारसमेत रहनुभएका डा भट्टराईले भने, “यद्यपि सरिया (मुस्लिम धार्मिक नियम) परिधिभित्र रहेर मात्र स्वतन्त्रता उपभोग गर्न पाइने उनीहरूको उद्घोषले तत्काल उनीहरूको शासन शैलीबारे केही भन्न सकिने स्थिति छैन ।”,याे समाचार आजको गोरखापत्र दैनिकमा राजेश चाम्लिङ राईले लेखेका छन् ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.