२७ ओटा परियोजनाको कुल लागत ३ अर्ब २७ करोड डलर पुग्यो

काठमाडौं: विश्व बैंकको सहयोगमा सञ्चालित २७ ओटा परियोजनाहरूको प्रगति समीक्षा गरिएको छ ।सरकार र विश्व बैंकका प्रतिनिधिहरू सम्मिलित बैठकले आयोजनाहरूको वार्षिक प्रगति (एनुअल रिभ्यु अफ पोर्टफोलियो पर्फमेन्स) बारे गरेको समीक्षाअनुसार यी परियोजनाहरूको कुल लागत ३ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ ।

विश्व बैंकका अनुसार अहिले सञ्चालित परियोजनाहरू खासगरी ऊर्जा, यातायात, पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, वातावरण, शहरी विकास, खानेपानी र सिँचाइ, कृषि र पशुपालन तथा सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा केन्द्रित छन् ।

समीक्षा बैठकमा खासगरी विश्व बैंक सहयोगका परियोजना कार्यान्वयन गरिरहेका मन्त्रालयहरूबाट समस्या समाधान हुन नसकेका विषयहरूमा चर्चा गरिएको छ भने परियोजना कार्यान्वयनमा कोभिड–१९ को प्रभावका सम्बन्धमा पनि बैठकमा छलफल भएको छ ।

परियोजना कार्यान्वयनका चुनौतीहरू स्थानीय र प्रदेश तहमा परियोजना व्यवस्थापन, कर्मचारीहरूको बारम्बार सरुवा, ठेक्का प्रक्रियामा ढिलाइ, जलवायु तथा वातावरणीय र स्थानीय समाजका सुरक्षाका विषयहरू र भुक्तानी प्रक्रियामा ढिलाइका सम्बन्धमा छलफल भएको छ ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top