प्रदेश १ मा एमालेका १० सांसदले रोजे नेकपा(एस), मुख्यमन्त्री आचार्य अल्पमतमा

१६ भदौ, विराटनगर ।
प्रदेश १ मा एमालेका १० जना सांसदहरुले पार्टी वभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । बुधबार उनीहरुले निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।

समाजवादीमा लाग्ने सांसदहरुमा राजेन्द्रकुमार राई, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ्ग, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, सावित्राकुमारी रेग्मी,कृष्णकुमारी राई र उपेन्द्र घिमिरे रहेका छन् ।

१० जना सांसदहरुले सनाखत गरेसँगै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमत परेको छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १–१ जना छन् ।

प्रदेशसभामा रहेको एमालेको एकल बहुमत कायम राख्नकै लागि एमालेले मुख्यमन्त्री परिवर्तन गरे पनि बहुमत जोगाउन नसकेको अवस्थामा पुगेकोले मुख्यमन्त्री आचार्यको पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ ।

सनाखतपछि सञ्चारकर्मीसँग बाेल्दै सांसद् राजेन्द्रकुमार राईले  निर्वाचन कार्यालयले प्रदेशसभा सचिवालयमा पत्र पठाएको दिनदेखि कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको गठबन्धनको सरकार निर्माण प्रक्रिया सुरु गर्ने बताए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top