सर्वोच्चले भन्याे : काका ससुराले पनि मिर्गौला दिन पाउँछन्

१६ भदाै, काठमाडाैँ ।

Advertisement

सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनको थप व्याख्या गर्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने व्यवस्था गरेको छ।

मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप ब्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो।

Advertisement

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै उनको मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेको थियो । अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उनको मिर्गौला दान लिन नमिल्ने जिकिर गरेको थियो ।

काका–ससुरा मिर्गौला दान गर्न राजी हुँदा पनि प्रत्यारोपण गर्न नपाएपछि ती बिरामीले अस्पतालको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

Advertisement

सर्वाेच्चले मानव अंग प्रत्यारोपण केन्द्रको निर्णय बदर गर्दै मिर्गौला –दान गर्न दिनु भनी आदेश गरेको हो ।‘ऐनको मूल उद्देश्य मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरीद बिक्री जस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ’ गत आइतबारको आदेशमा भनिएको छ, ‘काका ससूरालाई ऐनमा स्पष्ट रुपमा (प्रत्यारोपणका लागि) बाहेक गरेको देखिदैन ।’

काका ससुराले स्वेच्छिक रुपमा दान गरी बुहारीको जीवन रक्षामा योगदान पुयाउने पवित्र मानवीय दृष्टिकोणबाट वञ्चित गर्न नमिल्ने सर्वोच्चले आदेशमा उल्लेख गरेको छ । फैसलामा भनिएको छ, ‘काका ससुरालाई स्वेच्छिक दान गरी भाई बुहारीको जीवन रक्षामा योगदान पुर्‍याउने पवित्र मानवीय दृष्टिकोण समेतबाट वञ्चित गर्न नमिल्ने हुँदा प्रत्यर्थी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति २०७८।४।२२ को पत्र एवं सोसँग सम्बद्ध निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हुने ठहर्छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top