एमसीसीकी उपाध्यक्ष फातिमा नेपाल आउँदै, अनुमाेदनका लागि ओलीसँग सम्बन्ध सुधार्दै देउवा

एमसीसीकी उपाध्यक्ष फातिमा नेपाल आउँदै, अनुमाेदनका लागि ओलीसँग सम्बन्ध सुधार्दै देउवा

१६ भदौ, काठमाडौं ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने भएकी छन् । एमसीसीसँगको सम्झौता कार्यान्वयनमामा ढिलाइ भइरहेका बेला नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल  आउने भएकी  हुन् । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने जनाइएकाे छ ।

नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्नेछिन्।  उपाध्यक्ष सुमारको टोली सेप्टेम्बर ९ देखि १२ सम्म नेपालमा रहनेछ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक खिचातानिका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन । यसबाट अमेरिका असन्तुष्ट छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई छिटो अनुमोदन गर्नुपर्ने भन्दै सत्तागठबन्धनका नेताहरूलाई कन्भिन्स गर्न खोजिरहेका छन् । उनले यसकै लागि केपी ओलीलाई विश्वासमा लिन प्रयास गरेका छन् । उनले मंगलबार कानूनमन्त्री कार्कीलाई बालकोट पठाएका थिए । कानूनमन्त्री कार्कीले ओलीसँग दुई घण्टा वार्ता गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.