अभिनेत्री वर्षा शिवाकोटीले किनिन् साढे २ करोडको अपार्टमेन्ट

१६ भदौ ७८, बिहीबार

१६ भदाै, काठमाडाैँ ।

Advertisement

नायिका वर्षा सिवाकोटीले हात्तिवनस्थित सिटी स्केप्टमा ‘थ्री बीएचके’ अपार्टमेन्ट  खरिद गरेकी छिन् । साढे दुई करोडमा उनले अपार्टमेन्ट खरिद गरेकी हुन् । अभिनेत्री शिवाकोटीले बुधबार (आज) विहान पुजाआजा गरी उक्त नयाँ घर प्रवेश गरेकी छन् ।

यस अघि उनी कौसल्टारमा बस्दै आएकी थिइन् । आमाको सहयोगमा उक्त अपार्टमेन्ट खरिद गरेको वर्षाले बताएकी छिन् । अब भने आफू र ममी मात्र अपार्टमेन्टमा रहने उनको भनाई छ ।

Advertisement

सामाजिक सञ्जालमा पूजा गरेको तस्बिर राखेकी वर्षा आफ्नो मेहनतको कमाइले उक्त अपार्टमेन्ट खरिद गर्न पाउँदा खुसी छिन्। वर्षाले केही महिना अगाडि मात्र कार किनेकी थिइन् ।

उनी मात्र नभई पछिल्लो समय कलाकारहरूले कलाकारिता क्षेत्रमा लागेर विलासिता जीवन बाँच्न सकिन्छ भन्ने उदाहरण दिइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top