धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न सरकारले बनायाे समिति

१७ भदाै, काठमाडौं ।

Advertisement

सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानामाथि छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अध्यक्ष ढुङ्गानामाथि छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो ।

Advertisement

समितिमा प्राध्यापक नारायण प्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य रहेकाे सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बोर्डमा अध्यक्ष भइसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक सेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top