ट्रकले ठक्कर दिएका दम्पतीलाई दुर्गा प्रसाईंको अस्पतालले बन्धक बनायो

१६ भदौ ७८, बिहीबार

काठमाडौं : झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई चार महिनादेखि बन्धक बनाएको छ ।

झापाको शिवसताक्षी २ का ३९ वर्षीइ यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम बन्धक बनाइएका हुन् । बिएन्डसीका सञ्चालक दुर्गा प्रसाइँ हुन् । प्रसाइँ उनै हुन् जसले विवेकशील साझाका संस्थापक अध्यक्ष उज्जवल थापा कोरोना संक्रमण भएर उपचाररत हुँदा सबै उपचार खर्च बिएन्डसी अस्पतालले व्यहोर्ने सार्वजनिक घोषणा गरेका थिए ।

थापाको उपचारका लागि देश विदेशका शुभचिन्तकबाट लाखौं रकम जम्मा भइरहँदा १५ जेठमा प्रसाईंले विज्ञप्ति निकालेर उक्त घोषणा गरेका थिए । उनै प्रसाईंको त्यही अस्पतालले उपचार खर्च तिर्न नसकेका दम्पतीलाई भने ६ महिनादेखि बन्धक बनाएको छ ।

१९ फागुन ०७७ मा पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा को १ ख १६८४ नम्बरको ट्रकले र प्रदेश १-०१-००१ च ०१६७ नम्बरको कार र प्रदेश १-०१-०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रक विराटनगरस्थित रिजाल ग्याँस उद्योगको हो जसका सञ्चालक हुन नवीन रिजाल । दुर्घटनामा कारमा सवार दुईजनाको ज्यानै गएको थियो भने मोटरसाइकल रहेका श्रेष्ठदम्पती घाइते भएका थिए ।

उपचारका लागि बिएन्डसी पुर्याइएका यामबहादुर दायाँ खुट्टा काटेर फाल्नुपर्यो । श्रीमती सनमको दायाँ खुट्टामै स्टिल राखिएको छ, तर अहिले पनि खुट्टा राम्ररी चल्न सक्दैन ।

अस्पतालले उपचार सकिएको भन्दै ४२ लाखको बिल थमाएर बैशाख अन्तिम साता डिस्चार्ज हुन भनेको थियो । तर, भुक्तान गर्न उनीहरुको आर्थिक हैसियतले पुगेन । परिवारले जेनतेन १२ लाख जुटाए बुझायो । तर ,बाँकी ३० लाख पनि नतिरेसम्म अस्पतालले छाड्न मानेन । ठक्कर दिने ट्रकका मालिक रिजाल ग्याँसका स१चालकले पनि बिल तिरिदिएनन् । तयसपछि उनीहरु अस्पतालमै बन्धक बनाइए ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top