१७ भदाै,एजेन्सी ।
‘बीग बोस’का विजेता तथा बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । ४० बर्षीय शुक्लाको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने जनाइएकाे छ ।
भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।
उनी ‘बीग बोस’को विजेता समेत बनेका हुन् ।