म्याग्दीमा विद्यालय सञ्चालन हुन थाले

१६ भदौ ७८, बिहीबार

१७ भदाै, म्याग्दी ।

यहाँका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् । कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् ।

सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार सामुदायिक विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको जनाएका छन् । ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले कोरोना सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको बताए ।
कार्यपालिकाको निर्णयअनुसार १० वटा माविसमेत सबै ३७ वटै विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन÷अध्यापन सुरु भएकोमा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन् । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

एउटा कक्षाकोठामा २०–२५ जना बढी विद्यार्थी नभएकाले कोरोना भाइरसको सक्रिय सङ्क्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । न्यून विद्यार्थी भएको, पातलो बस्ती भएका स्थानका विद्यालय पूरै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरबिजोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन् ।

केही विद्यालयले भीड हुने जनाउँदै बार अनुसार कक्षा चलाएका छन । शिक्षक, विद्यार्थी र समुदायमा सङ्क्रमण देखिए बन्द गर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरु गर्न निर्देशन दिएको मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

“विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । समुदायमा कोरोना सङ्क्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने ?” उनले भने, “जोखिमको आकलन गरी व्यवस्थापन समितिले स्कुल खुलाउने भनेका हौं ।’’ सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन ।

गत वैशाख २२ गतेदेखि निषेधाज्ञा भएपछि गाउँका घर फर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा आएका छैनन् । केही अभिभावकको बुझाइमा अनलाइन कक्षा शुल्क उठाउने माध्यममात्र भएको छ । तर केही निजी विद्यालयले भने अनौपचारिक पोशाकका विद्यार्थी बोलाएर पढाउन थालेका छन् ।

‘‘हामीले भर्चुअलबाट अनलाइन पढाइ गरेका छौं । तर अनलाइन कक्षा भौतिक कक्षाको तुलनामा कम प्रभावकारी देखिएको छ । हाम्रो विद्यालयमा बहु समुदायबाट विद्यार्थी आउने भएकोले तत्काल भौतिक रूपमा खुल्ने अवस्था छैन,’’ सदरमुकामस्थित प्रकाश माविका प्रअ हरिकृष्ण सुवेदीले भने, ‘‘अनलाइन कक्षालाई सकेसम्म प्रभावकारी बनाउने प्रयासमा छौं ।’’रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top