१७ भदाै, काठमाडौं ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही बेरमा शुरू हुने भारतविरुद्धकाे खेलका लागि सुरुवाती ११ सार्वजनिक गरेका छन् । खेल दशरथ रंगशालामा ५:३० बजे शुरू हुनेछ ।
प्रशिक्षक अब्दुल्लाहले कप्तान किरण चेम्जोङको नेतृत्वमा सार्वजनिक गरेको टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।
यस्ताे छ नेपाली टोली
गोलकिपरः किरण चेम्जोङ
डिफेन्डर्सः सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर्सः पुजन उपरकोटी, तेज तामाङ सुमन लामा
फरवार्डः अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आयुष घलान
