मोरङ, असार २८
मोरङको केरावारी गाउँपालिका ७ र ८ को सीमानामा रहेको खदम खोलाबाट प्रहरीले टिफर र जेसिवी नियन्त्रणमा लिएको छ ।अबैध रुपमा खोलाबाट उत्खनन् गरि गिटी लोड गर्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार अपरान्ह ४ बजेको समयमा ३ वटा टिफर र एउट जेसिबि र चालकलाई नियन्त्रणमा लिईएको हो ।
त्यसैगरी मंगलबार राती १० बजे इलाका प्रहरी कार्यालय पथरीबाट पथरी शनिश्चरे नगरपालिका १ स्थित ट्राफिक चोकमा चेकजाँच गर्ने क्रममा मे १ ख २०३२ नम्बरको टिफर र चालकलाई मिक्स गिटीसहित नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएका सबै सवारी साधन र चालकलाई आवश्यक कारवाहीकालागि जिल्ला समन्वय समिति मोरङमा बुझाईएको प्रहरीले जनाएको छ ।