हङकङ र मकाउ जाने खेलाडीको बिदाइ

हङकङ र मकाउ जाने खेलाडीको बिदाइ

काठमाडौँ, असार २८

दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुन खेलाडी सोनिया भट्टसहित प्रशिक्षक सुनिता मगर, दुई सदस्यीय नेपाली जुडो टोली हङकङ र मकाउ प्रस्थान गर्ने भएको छ ।

बिहीबार प्रस्थान गर्ने टोली पहिले हङकङमा यही असार ३० र ३१ गते (जुलाई १४ र १५ तारिखमा) हुने एसियन कप क्याडेट तथा जुनियर जुडो प्रतियोगितामा सहभागी हुनेछ ।

भट्टले क्याडेटतर्फ महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि उनले आगामी साउन ४ गतेदेखि ६ गतेसम्म (जुलाई २० देखि २२ तारिखसम्म) मकाउमा हुने प्रतियोगितामा भाग लिनु हुने छ । दुवै प्रतियोगितामा प्रशिक्षकको रुपमा मगरले भूमिका निर्वाह गर्नेछिन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बुधबार बिदाइ गरे । अध्यक्ष श्रेष्ठले तीन महिनापछि अर्जेन्टिनामा हुने युथ ओलम्पिकको तयारीलाई मध्यनजर गरी ओलम्पिक कमिटीले खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन लागेको जानकारी दिए। भट्ट युथ ओलम्पिकका लागि छनोट भएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.