एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ: भीम रावल

१८ भदाै,काठमाडौँ ।

Advertisement

एमाले उपाध्यक्ष भीम रावलले सरकारले एमसीसी सम्झौता अघि बढाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । रावलले शुक्रबार सामाजिक सञ्जालमार्फत एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर सरकारले एमसीसी सम्झौता अघि बढाउन लागेको बताएका हुन् ।

उनले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश वर्तमान सरकारलाई प्राप्त नभएको बताएका छन् । उनले लेखेका छन्, ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो । फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ। सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

Advertisement

आगामी साता एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने भएका छन् । उनीहरुले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।  एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष ब्रुक्स ५ दिन नेपालमा रहने जनाइएकाे छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top