‘एसएमजी’ हतियार चोरीमा दुई सैनिकले पाए सफाइ, तीन वर्ष बढुवा रोक्का

१८ भदाै, काठमाडौं।

Advertisement

चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणबाट हतियार एसएमजी(सर्ट मेसिन गन) चोरेको आरोप लागेका दुई सैनिकले सफाइ पाएका छन् । ‘एसएमजी’ चोरी गरेको आरोपमा २८ महिनादेखि कारागारमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्गले सफाइ पाएको अधिवक्ता सोमनाथ ढुंगानाले जानकारी दिए । तर उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह, रक्षा मन्त्रालयका सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा सम्मिलित सैनिक विशेष अदालतले बिहीबार उनीहरुलाई सफाई दिने फैसला गरेको ढुंगानाले बताए ।

Advertisement

दुई सैनिकलाई हतियार चोरी र ड्युटीमा लापरवाही गरेको अभियोग लगाइएको थियो । उनीहरुलाई २०७५ मंसिर ४ बाट लागु हुनेगरी ३ वर्षसम्म बढुवा रोक्ने गर्ने फैसला गरिएको छ । विशेष सैनिक अदालतले उनीहरुलाई कालीबहादुर गणमा हाजिर गराउन आदेश गरेको छ ।

कालीबहादुर गणबाट हतियार चोरेर सैनिक जवान गंगाधर ढकालले हुद्दा भरत गुरुङको हत्या गरेको नेपाली सेनाको समरी जनरल सैनिक अदालतले ठहर गरेको छ । सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत ढकाललाई २५ वर्ष कैद सजाय हुने फैसला गरेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले बताए ।

Advertisement

महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत फेला परेका थिए । कालीबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

ढकालसँगबाट बरामद भएको र ०७५ मा चोरी भएको ‘एसएमजी’ को नम्बर मिलेपछि २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङले न्याय पाएका छन् । उनीहरुले २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top