×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

राउटे समुदायकाे जनसंख्या घट्दै

१८ भाद्र २०७८

१८ भदाै, वीरेन्द्रनगर।

एक महिनाअघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन ।

Advertisement
Advertisement

एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन भएपछि उनीहरू बसाइँ सर्ने तरखरमा थिए । बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार तीन जनाको मृत्यु पछि अहिले अर्कै ठाउँमा सर्ने तयारीमा छन् । दलबहादुरको मिर्गौलामा समस्या थियो । गलत खानपान र हेरचाहको कमीका कारण समयमै उपचार हुन नसक्दा उनीहरूको सङ्ख्या घटिरहेको उक्त बस्तीमा काम गर्दै आउनुभएकी दुर्गा खत्रीले बताइन् ।

“राउटेले बाहिरकाले भनेको मान्दैनन्”, उनले भनिन्, “गलत व्यवहारलेले गर्दा नै उनीहरुको अस्तित्व सङ्कटमा परिरहेको छ ।” राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले एकदशकअघि बस्तीमा पुग्दा उनीहरूको सङ्ख्या २६८ रहेकामा घटेर अहिले १३७ पुगेको बताइन्। “ एक दशकको अवधिमा मात्र १३१ राउटे घटेकाले त्यहाँ जुनसकुै योजना लैजानुभन्दा उनीहरुले स्वीकार गर्ने खालका योजना लैजानुपर्छ”, अध्यक्ष अधिकारीले भनिन्, “यसमा सरोकार निकाय सबैले ध्यान दिन पर्छ ।” राउटे बस्तीमै छाप्रोमा बसेर उनीहरूको सङ्ख्या गणना गर्नुपर्नेमा उनको जोड थियोे ।

“मैले राउटेको भान्छामै खाएर र उनीहरुसँगै रहेर गणना गरेको हुँ”, अध्यक्ष अधिकारीले भनिन् “तर अहिले उनीहरूको सङ्ख्या आधा घटेको छ । यसरी सङ्ख्या घट्दै जाने हो भने राउटेकोे अस्तित्व नै लोप हुने छ ।” समुदायबाट अलग्गै बस्ने र जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएकामा आधुनिकताले राउटेलाई सताएको छ काठका विभिन्न सामग्री बनाएर आफ्नो जीविका चलाउने र जङ्गलका कन्दमूल तथा विभिन्न जडीबुटी ल्याएर खान्थे । गुना बाँदर शिकार गर्ने गर्ने उनीहरू पैसा छोए पाप लाग्छ भन्ने र प्रकृतिमै रमाएकाले बिरामी परे पनि जडीबुटीले निको गरिहाल्थ्यो । उतिबेला बिरामी कम पर्थे ।

बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुबैले उत्तिकै सताउन थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । तीव्र् बस्ती विकासले आफूहरुको जङ्गल विनाश हुँदै गएको राउटेको गुनासो छ । जङ्गल मासिँदा गुना बाँदर, गिठ्ठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेको छन् भने परम्परागत पेशासमेत सङ्कटमा पर्न थालेको छ ।

मुखिया महिनबहादुर शाहीकाअनुसार पहिले ज्वरो, निमोनिया, आउँ, हैजा र पखालाजस्ता रोग लाग्थेन । पछिल्ला केही दशकयता उनीहरुको स्वास्थ्य निकै कमजोर हुन थालेको छ । रोगले कतिपयको त अकालमै मृत्युसमेत हुने गरेको छ । “पहिले गुना बाँदर जङ्गलमा धेरै पाइन्थ्यो अहिले पाउन छाडेको छ त्यसकारण जनतालाई खुवाउने चामल माग्याको छु”, उनले भने।

घना जङ्गलमा बस्न रुचाउने राउटे अचेल अन्य समुदाय नजिक र शहर बजार आसपासमा बस्नाका साथै मदिरा र विषादी हालेका खानेकुरा पनि खान थालेका छन् । राउटे समुदायमा काम गर्ने बहानामा विभिन्न सङ्घसंस्था भित्रिन थाले पनि उनीहरूको सङ्कट मोचन हुन सकेको छैन । पैसा छोए पाप लाग्छ भन्ने गरिएकामा पछिल्लो समय उनीहरुमा पैसाको मोह बढेको छ । जब बस्तीमा विभिन्न बाहनामा बाहिरका व्यक्ति प्रवेश गर्न थाले तबदेखि यिनीहरुकोे हातमा पैसा पर्न थाल्यो र मदिराको लतमा लागे । अहिले बस्तीमा पुग्ने जो कोहीसँग उनीहरू मदिरा र पैसा माग्न थाल्ने भएका छन् ।

अघिल्लो आर्थिक वर्षदेखि उनीहले प्रतिव्यक्ति पाँच हजार भत्ता पाउँदै आएका छन् । भत्ता वितरण सहज बनाउने उद्देश्यले दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई स्थायी परिचयपत्र वितरण गर्दै आएकोे र सोसेक नामक संस्थाले पढाउने शिक्षक र स्वास्थ्यकर्मी परिचालन गरेको छ । राउटे रुपान्तरणका क्रममा रहेकाले पनि यो बेला उनीहरु सङ्कटमा पर्नसक्ने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् । “पहिला उनीहरु प्रकृतिमै रमाएका थिए बिस्तारै परिवर्तन हुन थालेका छन् । परिवर्तनको अवस्थामा रहेकाले पनि सङ्कटमा परेका हुन्”, उनले भनिन्, “उनीहरुले पाएको भत्ताले मदिरा खाने गरेकाले भत्ताको सटृा आवश्यक सामग्री नै दिए प्रभावकारी हुनसक्छ । यस विषयमा छलफल गर्नु आवश्यक छ ।”

अत्यधिक मदिरा सेवन गर्न थालेकाले मदिराकै कारण केहीको ज्यान गएको हुनसक्ने बस्तीमा काम गर्दै आउनुभएका स्वास्थ्यकर्मी तिलक विसीले बताए । “मृत्यु भएका दुवै युवाले धेरै मात्रामा मदिरा सेवन गरिराख्थे । खानाभन्दा मदिरा सेवन धेरै हुनु नै उनीहरुको मृत्युको प्रमुख कारण हो”, उनले भने, “ दलबहादुर सुन्निएका थिए भने मानसिङ खाना खान मन नगर्ने र दुब्लाउँदै गएका थिए । उपचार गर्न अस्पताल जाऔँभन्दा राउटे समुदायले मानेनन्”।

स्वास्थ्यकर्मी विसीका अनुसार बालबालिकामा कुपोषण र स्याहारको कमी र युवामा मदिरा सेवनका कारण ज्यान जाने गरेको छ । “आज बच्चा जन्मियो त्यसलाई दिनभरि झुपडीमै छोडेर महिला जङ्गल जान्छन्”, उनले भने “न बच्चाको स्याहार छ न त सुत्केरी आमाको नै ।” तीन वर्षको अवधिमा नौ बच्चा स्याहारको कमीका कारण मृत्यु भएको थियोे । “म राउटे बस्तीमा स्वास्थ्यकर्मीका रुपमा काम गर्न थालेको तीन वर्ष भयो यो अवधिमा धेरै बच्चा स्याहार सुसारको कमीका कारण ज्यान गुमाएको देखेको छु”, स्वास्थ्यकर्मी विसीले जोड दिए, “यस्तै हो भने राउटे समुदायको अस्तित्व सङ्कटमा पर्ने सम्भावना छ ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले राउटे नीति ल्याउन लागिएकाले यसबाट उनीहरुको संरक्षण हुने बताए । “राउटे समुदायमा मदिरा पिउने लत बसेकाले उनीहरु सङ्कटमा रहेछन्”, राउटे बस्ती पुग्नुभएका उनले भने, “उनीहरुको सुरक्षाका लागि प्रदेश सरकार लागिपरेको छ । सरकारले ल्याउन लागेकोे नीतिमा उनीहरुको सुरक्षा र संरक्षणका विषयलाई जोड दिइएको छ ।”

Advertisement

मानव अधिकारकर्मी गीता कोइरालाले नेपालकै पहिचानका रुपमा रहेको राउटे लोप हुन लागेकामा चिन्ता व्यक्त गरिन् । “हिजो त्यति धेरै सङ्ख्यामा रहेका राउटे अहिले घटिरहेकाले सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन जरुरी छ”, उनले भनिन्।रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top