×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

नेम्वाङले भने- तँ र म को कुरा गरेर विभाजनको औचित्य पुष्टि हुँदैन

१८ भाद्र २०७८

१८ भदाै, काठमाडाैँ ।

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे । विनाविचारधारा, दर्शन र कार्यक्रमविना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपति गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप समेत लगाए ।

Advertisement
Advertisement

पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । उनले भने, ‘मैले तपाईहरु समक्ष राख्न खोजेको कुरा के हो भने तपाइहरु आ आफ्नो ठाउँबाट जुरुक्क उठनुपर्छ । गाउँगाउँबाट उठनुपर्छ, घरघरबाट उठनुपर्छ, र सोध्नुपर्छ – कुन चाँही विचारधारामा फरक प¥यो, कुन चाँही दर्शन फरक प¥यो ? कुन चाँही कार्यक्रम फरक प¥यो ? र तिमीले नेकपा एमाले छोडेर छुट्टै राजनीतिक दल बनायौं भनेर प्रश्न गर्नु पर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरुले । म यतिमात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नु पर्छ । अहिले नै प्रष्ट देखिएको छ । विभाजनको औचित्य स्थापित हुन सक्ने ठाउँछैन । हिजोअस्ती एक दुई जना साथीहरुले भन्नु भयो, जो पहिलो माले विभाजनका पालामा पनि हुनुुहुन्थ्यो । उहाँले भन्दै हुनुहुन्थ्यो । ठयाक्कै यही कुरा उठाउँदै कुनै विचार सिद्धान्त छैन, खाली तँ र म को कुरा छ । हामीले के आधारमा जनतालाई भन्ने ? हामीले यो आधारमा पार्टी फटायौं । त्यति बेला हामीले माले फुटाउँदा त राष्ट्रियताको प्रश्न थियो ।’

उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुटन पार्टी निकट कानुन व्यवसायीहरुलाई आग्रह गरे।कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताए । उनले भने, ‘प्रचण्डको रणनीति जतिखेर पनि सिध्याउने रणनीति अन्तरगत उनले जतिखेर पनि काम गरिरहे । पार्टीलाई बलियो बनाउने तर्फ प्रचण्डको कहिल्यै पनि ध्यान गएन । सरकार कब्जा गर्ने र पार्टी कब्जा गर्ने । यो नीति अन्तरगत उहाँ चल्नु भयो । जब उहाँको नीति यो हो भन्ने देखिन थाल्यो । पार्टीको नेतृत्वले यो कुरालाई देख्न थाल्यो । स्वभाविकै रुपले यो कुरालाई परास्त गर्नुपर्ने थियो । त्यो कुरालाई परास्त गर्ने क्रममा पार्टी भित्र द्धन्द्ध सुरु हुन थाल्यो । कयौं अपराधजन्य कामहरु भए, १९ बूँदे आरोपपत्रहरु लगाउने काम गरिए ।’

Advertisement

नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । लोकतन्त्रमा दलहरु फुटाउने काम गर्नु अपराध हुने उनको तर्क थियो ।

भर्खरको समाचार

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

सम्बन्धित खबरहरु

Scroll to Top