टोकियो पारालम्पिक : ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

१८ भदौ २०७८, शुक्रबार
Share this
741shares

१८ भदाै, काठमाडौं।

Advertisement

नेपाली खेलाडी पलेशा गोवर्धन जापानमा जारी टोकियो पाराओलम्पिक २०२० मा ऐतिहासिक पदक जित्न चुकेकी छन् । कांस्य पदकको लागि भएको खेलमा उनी चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएकी हुन् ।

केहिबेरअघि सकिएको खेलमा सुरुआती राउण्डमा पलेशाले ४–२ को अग्रता बनाएकी थिइन् । दोस्रो राउण्डमा चिनियाँ लीले ५–० को स्कोर बनाउँदा समग्रमा ७–४ ले अगाडि रहिन् । तेस्रो तथा निर्णायक राउण्डमा ५–५ को बराबरी स्कोर गरे पनि उनी खेल जित्न असमर्थ रहिन् । खेल अवधिमा उनले ४ पल्टसम्म फलमार्फत विपक्षीलाई अंक सुम्पिन पुगिन् ।

Advertisement

नियमिततर्फ पहिलो खेलमै ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग पराजित रहेकी पलेशाले रिपिचेज (हार्ने बीचको प्रतिस्पर्धा)को विकल्पबाट कांस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन् । उनले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी ब्रियान्ना सालीनारा र सेमिफाइनलमा सर्वियाकी मासिजा मिसेभलाई पराजित गरेकी थिइन् ।

पारालम्पिकमा तेक्वान्दो यसै संस्करणदेखि समावेश गरिएको हो ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top